नेपालमा साहित्य लेख्ने प्रतिभाको कमी छैन। तर नयाँ स्रष्टाले आफ्ना सिर्जना पाठकमाझ पुर्याउने अवसर भने अझै सीमित छ। साहित्यिक कुनो त्यही आवश्यकतालाई ध्यानमा राखेर स्थापना गरिएको हो।
हामी परिचयभन्दा प्रतिभामा विश्वास गर्छौं। त्यसैले नयाँ वा स्थापित भन्ने आधारमा होइन, सिर्जनाको गुणस्तरका आधारमा रचनालाई स्थान दिने प्रयास गर्छौं।
साहित्यिक कुनोमा रचना प्रकाशित गर्न कुनै शुल्क लाग्दैन। यहाँ नेपाली, हिन्दी र अंग्रेजी भाषाका सिर्जनालाई समान सम्मानका साथ स्थान दिइन्छ। प्रत्येक रचना समीक्षा गरेर मात्र प्रकाशित गरिन्छ, ताकि पाठकले गुणस्तरीय सामग्री पढ्न सकून्।
यदि तपाईं आफ्ना शब्दको सम्मान हुने ठाउँ खोज्दै हुनुहुन्छ, वा अर्थपूर्ण साहित्य पढ्न चाहनुहुन्छ भने साहित्यिक कुनो तपाईंका लागि हो।
There is no shortage of literary talent in Nepal. However, opportunities for emerging writers to bring their creations to readers are still limited. Sahityik Kuno was established with this need in mind.
We believe in talent over recognition. Therefore, we strive to give space to literary works based on the quality of the writing, not on whether the writer is new or established.
There is no charge to publish your work on Sahityik Kuno. Literary works in Nepali, Hindi, and English are given equal respect here. Every submission is reviewed before publication so that readers can enjoy quality content.
If you are looking for a place where your words are respected, or if you want to read meaningful literature, Sahityik Kuno is for you.

