गजलको पनि एउटा छुट्टै मजा छ
उनकै कारण गजलमा बेग्लै नशा छ
गजलमा पनि उनकै नाम छ
उनकै कारण प्रेम शब्दले पनि फसा छ
गजलमा पनि उनकै नाम को बिगत छ
माया प्रेम शब्दले पनि हसा छ
गजलमा पनि उनको र मेरै हकिकत छ
मेरो पनि उनिसँगको छुट्टै कथा छ
कविताPoetry
कविताPoetry · नेपालीNepali · गजलGhazal
नवीनतम रचनाहरूLatest writing
गजल
अघि आई हात मिलाएर, काँतरले,
अनि गर्यो प्रहार पछाडिबाट, खन्जरले
एकपछी अर्को गर्दै, गुम्दैछन् खुसीहरु
किन छोड्दैन जीन्दगी यो, ठक्करले ।
यसै पनि यो दिल मेरो, दुखेको छ
त्यसैमाथी तिमी प्रहार नगर, पत्थरले
भोक मेट्ने दवाई, लेखिदेलान् भनेको,
खानापछी लिनु पो भन्छ, डाक्टरले ।
फरक होला, परदेशिनुको कथा सबैका,
कोहि होलान् बाध्यताले त कोहि, रहरले
यात्रा लामो थियो, बाटोमा धेरै मोड आए
यात्रा लामो थियो, बाटोमा धेरै मोड आए,
कति आफ्ना छुटे, कति पराइ भएर आए।
के पाएँ, के गुमाएँ हिसाब राख्न सकिनँ,
हाँस्दै हिँडेको मान्छे हुँ, भित्रभित्रै रोएर आएँ।
हातमा सुनौलो औँठी लगाउने रहर थियो कहिल्यै,
आज कुशको औँठीमै जिन्दगीका सपना सिएर आएँ।
सानदार मोटरसाइकल चढ्ने ठूलो इच्छा थियो,
आज पुरानो साइकलमा आफ्नै भाग्य धकेलेर आएँ।
हिजो आफूलाई हेर्दा भविष्य सुन्दर देखिन्थ्यो,
आज ऐनामा आफ्नै विगत खोज्दै हराएर आएँ।
कस्तो थिएँ म, अनि कस्तो भएँ समयले बनाउँदा,
जिन्दगीको अन्तिम पाना पल्टाउँदै, आफैंसँग हार खाएर आएँ।
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर ।
किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर ।
म सङ्गै भएर पनि उस्को हुन सकिन ए नदि
त कहाँ बगिरहन्छस सङ्गै को बगर छोडेर ।
मलाई पर्दा उस्लाई पनि पर्छ थाहा पाउनु पर्थ्यो
उ पनि एक्लै भा छ अचेल सङगैको सफर छोडेर ।
अब कसरी स्वर्ग जाने होला सोचि रहेर अब
अमुल्य भनेर अमृत रोजेछ कसैले जहर छोडेर ।
चिठीमा प्रश्न लेखेर बिदेश पठाउनु छ बा लाई
कस्का लागि घर बनाउछ बा यो पर्देशी घर छोडेर
गजल- मेरि उनी
नभन्नु बैगुनी उसलाई मलाई त्यै बैगुनी मन पर्छ
यस्ती उस्ती जस्ती होस मलाई मेरै उनी मन पर्छ
कसरी सक्छु उनलाई छोडी अर्को अङ्गाल्न मैले
जिद् हो यो मनको, मलाई त्यै नहुनी मन पर्छ ।
जतिपटक हेरुँ उस्लाई थाक्दैनन् यी आखाँहरु
आजलाई मात्र हैन, मलाई उ जुनी-जुनी मन पर्छ
समय जाओस् घट्दै, जालान् वैंशले साथ छोड्दै
तर मेरै लागि बनेकी सदा, त्यो तरुनी मन पर्छ ।
गजल ” रहर छोडेर “
किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर
खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर
म उ सङ्गै हुदा पनि उस्को हुन सकिन ए नदि
त किन बगिरहन्छस भन सङ्गै को बगर छोडेर
मलाई पर्दा तिमीलाइ पनि पर्छ थाहा पाएनौ
तिमि पनि त एक्लै भएउ सङगैको सफर छोडेर
चाहाना स्वर्ग जानेनै थियो होला अब के गर्नु
अमुल्य भनेर अमृत रोजेछ कसैले जहर छोडेर
छोड्नेले यसरी छोड्यो कि फर्किने बाटो राखेन
हिजो गाउँ छोड्यो अब कहा जान्छ सहर छोडेर
केही पाउन केही गुमाउनु पर्ने रहेछ थाहा पाए
बा सधै पर्देशी बनीरहे घर बनाउन घर छोडेर
गजल- घटना आउछन्
जिन्दगीको यात्रामा यस्ता अचम्मका घटना आउछन्
पराईले सकेनन् भनेर यहाँ चोट दिन आफ्ना आउछन् ।
यो कलियुगमा साचो प्रेम गरेछ छोडेपछी थाहा हुन्छ
जो छोडेर जान्छ जिवनभर उसैका सम्झना आउछन्
छोरो स्कुलबाट फर्कियो बा खेतबाट काम गरेर फर्के ।
अब सिकाउने भयो बा लाई कसरी पसिना आउछन् ।
तिम्रो महलमा vip vvip हरु स्तर देखाउन आउछन
उ त्यो झुपडीमा चामल सकिदा सम्म पाहुना आउछन
उस्को जवाफ सुन्दा यस्तो लाग्दैछ उ टाढीन चाहान्छ
कारण आउदैन जवाफमा अनेकौं बहाना आउछन् ।
मेरो देशको सपना मलाई, दिनरात अती देखिन्छ
बिग्रन्छ कहिले बन्छ कारण, कति हो कति देखीन्छ ।
हेर्नेले यसरी पनि त हेर्न सक्ने रहेछ नराम्रोमा राम्रो
उ उखाल्छ बुद्वलाई निमको रुखमा,ओखती देखिन्छ ।
गाउँमा खुला आखाले गोठ,गोबर,फोहोर देख्लान
आँखा चिम्लेर हेर्न भन्नू मल देखिन्छ खेती देखिन्छ ।
देश मै बस्नेहरूले त हैन कतै नबनाएको मेरो देश
बिदेश गएकालाई हेर्छु खाडी मुलुकको त प्रगती देखिन्छ ।
सरकार त्यो उडेको जहाजमा युवा र रेमिटान्स मात्र छ त
किनहोला मलाई त्यो जहाजमा यो देशको सम्पती देखिन्छ ।
मुस्कान
तिमी पनि आयौ अब मलाई, थकान दिन,
कस्तो प्रश्न सोध्न छ भन, परेशान दिन ।
म खोजीमा थिएँ नयाँ कालिदासको आज
पुरानो कालिदास आईपुगे मलाई, ज्ञान दिन।
हिजो अर्कै थियो आज अर्कै देखिन्छ ।
लागेको छ छेपारोको जस्तै, पहिचान दिन ।
चोटमा हुनेहरूको हाल नसोध्नु के छ भनेर
साह्रै गारो रहेछ ठीक छु भनेर, मुस्कान दिन
