Skip to content
Poetry

गजल- मेरि उनी

नभन्नु बैगुनी उसलाई मलाई त्यै बैगुनी मन पर्छ यस्ती उस्ती जस्ती होस मलाई मेरै उनी मन पर्छ कसरी सक्छु उनलाई छोडी अर्को अङ्गाल्न मैले जिद् हो यो मनको, मलाई त्यै नहुनी मन पर्छ । जतिपटक हेरुँ उस्लाई थाक्दैनन् यी आखाँहरु आजलाई मात्र हैन, मलाई उ जुनी-जुनी मन पर्छ समय जाओस् घट्दै, जालान् वैंशले साथ छोड्दै तर मेरै लागि बनेकी सदा, त्यो तरुनी मन पर्छ  ।