Skip to content
Poetry

यात्रा लामो थियो, बाटोमा धेरै मोड आए

यात्रा लामो थियो, बाटोमा धेरै मोड आए, कति आफ्ना छुटे, कति पराइ भएर आए। के पाएँ, के गुमाएँ हिसाब राख्न सकिनँ, हाँस्दै हिँडेको मान्छे हुँ, भित्रभित्रै रोएर आएँ। हातमा सुनौलो औँठी लगाउने रहर थियो कहिल्यै, आज कुशको औँठीमै जिन्दगीका सपना सिएर आएँ। सानदार मोटरसाइकल चढ्ने ठूलो इच्छा थियो, आज पुरानो साइकलमा आफ्नै भाग्य धकेलेर आएँ। हिजो आफूलाई हेर्दा भविष्य सुन्दर देखिन्थ्यो, आज ऐनामा आफ्नै विगत खोज्दै हराएर आएँ। कस्तो थिएँ म, अनि कस्तो भएँ समयले बनाउँदा, जिन्दगीको अन्तिम पाना पल्टाउँदै, आफैंसँग हार खाएर आएँ।