खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर ।
किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर ।
म सङ्गै भएर पनि उस्को हुन सकिन ए नदि
त कहाँ बगिरहन्छस सङ्गै को बगर छोडेर ।
मलाई पर्दा उस्लाई पनि पर्छ थाहा पाउनु पर्थ्यो
उ पनि एक्लै भा छ अचेल सङगैको सफर छोडेर ।
अब कसरी स्वर्ग जाने होला सोचि रहेर अब
अमुल्य भनेर अमृत रोजेछ कसैले जहर छोडेर ।
चिठीमा प्रश्न लेखेर बिदेश पठाउनु छ बा लाई
कस्का लागि घर बनाउछ बा यो पर्देशी घर छोडेर
गजल- छोडेर
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
गजल ” रहर छोडेर “
किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर म उ सङ्गै हुदा…
भरत शाहि
July 24, 2026
1 min read
गजल- घटना आउछन्
जिन्दगीको यात्रामा यस्ता अचम्मका घटना आउछन् पराईले सकेनन् भनेर यहाँ चोट दिन आफ्ना आउछन् । यो कलियुगमा साचो…
भरत शाहि
July 18, 2026
1 min read
मुस्कान
तिमी पनि आयौ अब मलाई, थकान दिन, कस्तो प्रश्न सोध्न छ भन, परेशान दिन । म खोजीमा थिएँ…
भरत शाहि
July 11, 2026
1 min read

