Skip to content
Poetry

मेरो देशको सपना मलाई, दिनरात अती देखिन्छ बिग्रन्छ कहिले बन्छ कारण, कति हो कति देखीन्छ । हेर्नेले यसरी पनि त हेर्न सक्ने रहेछ नराम्रोमा राम्रो उ उखाल्छ बुद्वलाई निमको रुखमा,ओखती देखिन्छ । गाउँमा खुला आखाले गोठ,गोबर,फोहोर देख्लान आँखा चिम्लेर हेर्न भन्नू मल देखिन्छ खेती देखिन्छ । देश मै बस्नेहरूले त हैन कतै नबनाएको मेरो देश बिदेश गएकालाई हेर्छु खाडी मुलुकको त प्रगती देखिन्छ । सरकार त्यो उडेको जहाजमा युवा र रेमिटान्स मात्र छ त किनहोला मलाई त्यो जहाजमा यो देशको सम्पती देखिन्छ ।