Skip to content
Poetry

गजल ” रहर छोडेर “

किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर म उ सङ्गै हुदा पनि उस्को हुन सकिन ए नदि त किन बगिरहन्छस भन सङ्गै को बगर छोडेर मलाई पर्दा तिमीलाइ पनि पर्छ थाहा पाएनौ तिमि पनि त एक्लै भएउ सङगैको सफर छोडेर चाहाना स्वर्ग जानेनै थियो होला अब के गर्नु अमुल्य भनेर अमृत रोजेछ कसैले जहर छोडेर छोड्नेले यसरी छोड्यो कि फर्किने बाटो राखेन हिजो गाउँ छोड्यो अब कहा जान्छ सहर छोडेर केही पाउन केही गुमाउनु पर्ने रहेछ थाहा पाए बा सधै पर्देशी बनीरहे घर बनाउन घर छोडेर