Skip to content

संस्थापकको सन्देशFounder's Message

Samip Koirala, founder of Sahityik Kuno

नमस्कार।

साहित्यिक कुनो कुनै ठूलो योजना लिएर सुरु भएको थिएन। यसको सुरुवात एउटा सरल सोचबाट भएको थियो, नयाँ र पुराना सबै स्रष्टाले आफ्ना सिर्जना साझा गर्न सक्ने खुला मञ्च हुनुपर्छ।

यस यात्रामा हामीले धेरै प्रतिभाशाली लेखक, कवि र साहित्यप्रेमीसँग जोडिने अवसर पायौं। उनीहरूको विश्वास, माया र साथले नै साहित्यिक कुनोलाई यहाँसम्म ल्याएको हो। त्यसका लागि म सम्पूर्ण समुदायप्रति हृदयदेखि आभारी छु।

केही समय साहित्यिक कुनो मौन रह्यो। त्यो समयमा मैले एउटा महत्त्वपूर्ण कुरा सिकें। एउटा पेज बनाउनु सजिलो रहेछ, तर विश्वासिलो संस्था निर्माण गर्न समय, धैर्य र निरन्तरता चाहिने रहेछ। त्यही अनुभवले नयाँ सोच र स्पष्ट उद्देश्यका साथ यो यात्रालाई फेरि सुरु गर्ने प्रेरणा दियो।

आजको साहित्यिक कुनो केवल रचना प्रकाशित गर्ने प्लेटफर्म होइन। यो लेखक, पाठक र साहित्यप्रेमीलाई जोड्ने साझा प्रयास हो। यहाँ प्रकाशित हुने प्रत्येक सिर्जना हाम्रो लागि कुनै सामग्री मात्र होइन, कसैको भावना, अनुभव र अभिव्यक्ति हो। त्यसैले प्रत्येक शब्दलाई सम्मानका साथ प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।

यदि तपाईं लेखक हुनुहुन्छ भने आफ्ना सिर्जना हामीसँग साझा गर्नुहोस्। यदि तपाईं पाठक हुनुहुन्छ भने यहाँ प्रकाशित शब्दहरूलाई समय दिनुहोस्। तपाईंको साथ, सुझाव र विश्वासले नै साहित्यिक कुनोको भविष्य निर्माण गर्नेछ।

यो यात्रामा तपाईंलाई सहयात्रीका रूपमा पाउँदा खुसी लाग्नेछ।

धन्यवाद।

सप्रेम,
समीप कोइराला
संस्थापक, साहित्यिक कुनो

Hello,

Sahityik Kuno was not started with a grand plan. It began with a simple idea, there should be an open platform where both new and experienced writers can share their creations.

Throughout this journey, we had the opportunity to connect with many talented writers, poets, and literature lovers. It is their trust, love, and support that have brought Sahityik Kuno to where it is today. For that, I am sincerely grateful to the entire community.

For some time, Sahityik Kuno remained silent. During that time, I learned an important lesson. Building a page is easy, but building a trusted institution requires time, patience, and consistency. That experience inspired me to restart this journey with a new mindset and a clear purpose.

Today, Sahityik Kuno is not just a platform for publishing literary works. It is a shared effort to connect writers, readers, and literature enthusiasts. Every piece published here is not just content to us, it is someone's emotion, experience, and expression. Therefore, we remain committed to presenting every word with respect.

If you are a writer, share your creations with us. If you are a reader, take time to explore the words published here. Your support, suggestions, and trust will shape the future of Sahityik Kuno.

We are delighted to have you as a companion on this journey.

Thank you.

With regards,
Samip Koirala
Founder, Sahityik Kuno