चलेकै हुन् तीर, नजरबा
टकस्तो देख्यौ तकदिर, नजरबाट
हेर्ने त, आफ्नो आफ्नो दृष्टिकोण हो
कोहि सम्म देख्छन् कोहि भीर, नजरबाट
प्रेमको परिभाषा रहेछ फरक फरक बजारमा
कसैको भगवान् त कसैको जन्जीर, नजरबाट
कोहि पुगे चन्द्रमामा त कोहि भेटिन्छन भट्टिमा
कोहि छन् साधु यहाँ, कोहि फकिर नजरबाट

