मौनताभित्रको वेदना
गहिरा भावनाहरू मसँगै लड्दै हिँडिरहेका छन्,
अनगिन्ती सपनाहरू मभित्रै डुब्दै गइरहेका छन्।
भन्नु त धेरै थियो कसैलाई,तर दुःख सहन सिकेको छु ।
दुःखले दिएको ती घाउ
हरूमनको कुनाकाप्चामा सँगालेर राखेको छु।
पीरैमाथि पीरको वेदनालाई
मुटुभित्र सजाएर राखेको छु।आँखामा आँसु आए पनि मुस्कान ओढ्छु,
भित्रभित्रै टुटेर पनि सबैको अगाडि बलियो देखिन्छु।
सारा भावनाहरू मनमै दफन गरेको छु,
आफ्नै मनमा आफ्नै व्यथा चुपचाप लुकाएर बसेको छु।
सायद कुनै दिन यी मौनताहरू बोल्नेछन्,
यी दबिएका पीडाहरू पनि खोलिनेछन्।
त्यतिन्जेलसम्म,
आफ्नो पीडालाई आफ्नै साथी बनाएर
जीवनको यात्रामा एक्लै हिँडिरहनेछु।
/
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
ए प्रियसी
ए प्रियसी कति भाग्यमानी होला हँ? जो तिमीलाई हँसाउँला जसको मुस्कानले हाँस्ने गर्छन् रातका जुन र ताराहरू हिमाल,…
प्रशान्त निरौला( ओझेल)
August 16, 2026
1 min read
गुरु पुर्णिमा
जन्म दिने बाबा आमा ,कर्म दिने गुरु गुरुबाटै भयो मेरो वास्तविक जिवन सुरु, मनमा माया राखी आँखाभरी डर…
सुष्मा लामिछाने
August 16, 2026
1 min read
तिमी र म
तिमी र म समुन्द्र र आकाश जस्तै हो , जो केही पर गएर मिल्ने आश देख्छन् , तर…
विप्लव ढकाल
August 16, 2026
1 min read
शब्द र स्वार्थ
प्रशंसाका ती मीठा शब्दहरू कानमा मधुरो संगीतझैँ बज्छन् तर आत्माको कुनामा कतै चिसो सन्नाटा पनि जन्माइदिन्छन्। “तिमी निकै…
स्मृति राई
July 21, 2026
1 min read

