कसो, हुनेथ्यो प्रिये ?
यदी समय मेरो पक्षमा भए
तिम्रो ती नशालु आँखाका बिचमा
अझ केही क्षण डुब्न पाए
छरीएका ति केश
आफ्नै हातले समेत्न पाए
ओहो ! कसो हुनेथ्यो प्रिये ?
सायद, फेरिने थिए तिनै हातका रेखा
जुन हातले स्पर्स गर्ने थिए
ति गुलाब सरी गालालाइ
रसाउने थिएनन् मेरा आँखा
केवल तिम्रो मुखाकृति भाव देख्नलाई
हुनुपर्ने थिएन एक बटुवाको प्यास
मात्र तिम्रो छायाले मेटिने
तिम्रो रूपको एक झलकमा
आफनै आत्मा भेटिने
तर, भाग्य मेरो संयम भन्द पर रहेछ
कठै भावी प्रेमको अर्थ नबुझ्दो रहेछ
त्यसैले मेरा आन्तिम सास सम्म
एउटा आश छ रहने
केवल तिमीलाइ सबै जुनी आफनो भन्न पाउने
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
केही अधुरो आशा
केही अधुरो आशा केही अधुरो इच्छाले भत्काउँदै छ मेरो मनका ठुला पर्खालहरु सुस्तरी घडीका काटीसँग घुम्दैछ केही त…
Prashant Niraula
September 14, 2026
1 min read
एउटा कन्सर्ट
एउटा कन्सर्ट केही बेरमा, र यी औँलाहरूले— जसले कहिल्यै बन्दुकको घोडा दबाएका छैनन्— म एउटा धुन बजाउनेछु। सूर्यमुखीमाथि,…
Abdulkarim Al-Ahmad
November 19, 2026
1 min read
भ्रम
शून्यताको ग्रासमा छु जो म अहिले, सक्दिनँ पार्न, उस्तै थिएँ जो पहिले। तेही आफ्नै द्वन्द्वचक्रबाट निस्की, गर्नुछ चिन्तन,…
P. Niraula
November 14, 2026
1 min read
आमाको दशैँ
दशैँ फेरि आउँदैछ, जमरा फेरि उम्रिँदैछन्— र मलाई थाहा छैन यसपालि मेरो घरमा दशैँ आउँछ कि केवल सम्झनाहरू।…
प्रशंसा पाण्डे
October 12, 2026
2 min read
