केही अधुरो आशा
केही अधुरो इच्छाले
भत्काउँदै छ मेरो मनका ठुला पर्खालहरु
सुस्तरी घडीका काटीसँग घुम्दैछ केही त
सायद.. ति केहि शब्द हुन्
ति शब्द, जुन मैले बहिष्कार गरेको थिएँ
प्रिय पाठक !
बिन्ती छ मलाई लाजको अर्थ नसोध
जब आफ्नो अस्तित्व ठानेको व्यक्तिले
घृणा गर्छ मेरो अस्तित्वलाई
प्रेमको अर्थ नसोध जब
मात्र, कसैको नयनको झलकले
मेटिने गर्छ मेरो प्यास
तर कुन्नी किन? यो संसार मेरो निम्ति होइन रहेछ
म ठान्थे त्यो जुन मेरो लागी चम्किरहेछ
त्यो तारा मेरो स्वागतमा झरि रहेछ
तर म गलत थिए
सबैले कहा जित्छन् र संसार?
त्यसैकारण बिन्ती छ इश्वर
मलाई फेरि म नबनाऊ
केही अधुरो आशा
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
