Skip to content
Poetry

भ्रम

शून्यताको ग्रासमा छु जो म अहिले, सक्दिनँ पार्न, उस्तै थिएँ जो पहिले। तेही आफ्नै द्वन्द्वचक्रबाट निस्की, गर्नुछ चिन्तन, सब कष्ट बिर्सी। रच्छ्यानका अंशझैँ छु व्याधिग्रस्त म अहिले, सक्दिनँ पाउन, थियो कान्ति जो पहिले। तेही आफ्नै खलखेदबाट निस्की, तुर्नुछ जीवनचक्र, सब मोद सम्झी। मियोमा घुमेझैँ तिमिरमै छु म अहिले, सक्दिनँ तोड्न, थियो बन्धन जो पहिले। अदृश्य त्यही मोहपाशबाट निस्की, तर्नुछ भावसिन्धु, प्रेमप्रभा मोक्ष्य सम्झी। दर्पको परवशमा छु जो म अहिले, सक्दिनँ बन्न, थियो मृदुहृदय जो पहिले। तेही अहन्ताको तमिस्र चिरी निस्की, साध्नुछ विसर्जित सन्ताप, आत्मस्वरूप सम्झी।