Skip to content

वर्सिदै गरेको पानी पश्चत 

आएको घामको किरण 

जब,

पानीको थोपा पर्छ

तब,

इन्द्रेणी बन्छ

त्यो ईन्द्रेणी तिमी थियौ 

जसलाई हेर्न मा सधैँ 

तड्पिन्थे, भौँतरिन्थे,

देखे पछि तृप्त महसुस गर्थे 

सायद,

माया चुरलुम्भ डुबेकोले होकी?

तिम्रो त्यो सात रङ

रंगीन लाग्थ्यो

अहिले फर्केर हेरु

त्यही रङ फिका लाग्छ

लाग्थ्यो त्यो 7रङ 

७ जुनी को लागी होला 

तर 

तर अफसोस 

त्यो ७ छिन् नी टिकेन