तिम्लाई पाउनु भगवानलाई पूजे जस्तै भयो,
नपाउने कुराको आश गरे जस्तै भयो।
रातहरू यसरी नै ढल्दै गए,
हरेक दिन नौलो बिहानी कुरे जस्तै भयो।
तिम्रो यादले सताउँदा एकान्त रातमा,
आफैंसँग आफैंलाई हराए जस्तै भयो।
हिजो तिमी थियौ, आज सम्झना मात्रै छ,
आफ्नै छायामा तिमीलाई खोजे जस्तै भयो।
मुटुभित्र लुकाएर राखेको त्यो प्रेम,
आँखाबाट आँसु बनी बगे जस्तै भयो।
तिमी फर्केर आउँछौ भन्ने एउटा आशमा,
बन्द ढोकालाई हरेक दिन खोले जस्तै भयो।
भुल्न खोज्दा झन् गहिरिँदै गयो तिम्रो याद,
घाउ पुरानो फेरि बल्झिए जस्तै भयो।
जस्तै भयो
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
आमाको दशैँ
दशैँ फेरि आउँदैछ, जमरा फेरि उम्रिँदैछन्— र मलाई थाहा छैन यसपालि मेरो घरमा दशैँ आउँछ कि केवल सम्झनाहरू।…
प्रशंसा पाण्डे
October 12, 2026
2 min read
समाज कतिन्जेल? कतिन्जेल हो यस्तो ?
सभ्य भनिने, हे अन्धो समाज! ताराहरू खस्दा,कतिन्जेल हेर्छौ। अन्यायको यो भयावह आगोमा, कतिन्जेल चेली होम्छै ? बुद्धको देश…
Anjal Timsina
October 12, 2026
1 min read
अन्तर्मनका चित्र
अन्तर्मनका चित्र, अन्तस्करण भित्र, बाह्य रूपको के अर्थ, जब कुरुप छ चरित्र !!!
Bibek Paudel
October 12, 2026
1 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
