यात्रा लामो थियो, बाटोमा धेरै मोड आए,
कति आफ्ना छुटे, कति पराइ भएर आए।
के पाएँ, के गुमाएँ हिसाब राख्न सकिनँ,
हाँस्दै हिँडेको मान्छे हुँ, भित्रभित्रै रोएर आएँ।
हातमा सुनौलो औँठी लगाउने रहर थियो कहिल्यै,
आज कुशको औँठीमै जिन्दगीका सपना सिएर आएँ।
सानदार मोटरसाइकल चढ्ने ठूलो इच्छा थियो,
आज पुरानो साइकलमा आफ्नै भाग्य धकेलेर आएँ।
हिजो आफूलाई हेर्दा भविष्य सुन्दर देखिन्थ्यो,
आज ऐनामा आफ्नै विगत खोज्दै हराएर आएँ।
कस्तो थिएँ म, अनि कस्तो भएँ समयले बनाउँदा,
जिन्दगीको अन्तिम पाना पल्टाउँदै, आफैंसँग हार खाएर आएँ।
यात्रा लामो थियो, बाटोमा धेरै मोड आए
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
गजलको पनि एउटा छुट्टै मजा छ
गजलको पनि एउटा छुट्टै मजा छ उनकै कारण गजलमा बेग्लै नशा छ गजलमा पनि उनकै नाम छ उनकै…
Bidhya Sharma
November 19, 2026
1 min read
गजल
अघि आई हात मिलाएर, काँतरले, अनि गर्यो प्रहार पछाडिबाट, खन्जरले एकपछी अर्को गर्दै, गुम्दैछन् खुसीहरु किन छोड्दैन जीन्दगी…
राजेश स्पन्दन
October 12, 2026
1 min read
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर…
भरत शाहि
August 16, 2026
1 min read
गजल- मेरि उनी
नभन्नु बैगुनी उसलाई मलाई त्यै बैगुनी मन पर्छ यस्ती उस्ती जस्ती होस मलाई मेरै उनी मन पर्छ कसरी…
राजेश स्पन्दन
July 24, 2026
1 min read
