सभ्य भनिने, हे अन्धो समाज!
ताराहरू खस्दा,कतिन्जेल हेर्छौ।
अन्यायको यो भयावह आगोमा,
कतिन्जेल चेली होम्छै ?
बुद्धको देश भन्दै मात्तिने तिमी!
नारीको चित्कार, नसुने झैँ कता हिँड्छौ ?
ए शान्तिको लेहेजा , उड्ने समाज !
सुन; तिमी कतिन्जेल लुक्छौ ?
चेली; यहाँ पुरुषत्व भनेकै बलात्कार रहेछ।
चेली; यहाँ नारी भनेकै बजार रहेछ।।
चेली; कानुन त यहाँ तराजु सरी छ !
जता धन त्यतै झुक्दो रहेछ।।
ए कायर कानुन !
भन; के तेरो न्यायको पानामा मसी सुक्यो ?
कि यहाँ न्याय माग्नु नै धिक्कार हो ? भन!
अब; एक टक त नियाल समाज !
के नारीको अस्मिता छिनिनुने उचित हो ?
यदि सो होइन भने!
ए समाज कतिन्जेल ?
कतिन्जेल नारीको चित्कार सही रहन्छौ ?
कतिन्जेल?
समाज कतिन्जेल? कतिन्जेल हो यस्तो ?
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
आमाको दशैँ
दशैँ फेरि आउँदैछ, जमरा फेरि उम्रिँदैछन्— र मलाई थाहा छैन यसपालि मेरो घरमा दशैँ आउँछ कि केवल सम्झनाहरू।…
प्रशंसा पाण्डे
October 12, 2026
2 min read
जस्तै भयो
तिम्लाई पाउनु भगवानलाई पूजे जस्तै भयो, नपाउने कुराको आश गरे जस्तै भयो। रातहरू यसरी नै ढल्दै गए, हरेक…
Saurab Adhikari
October 12, 2026
1 min read
अन्तर्मनका चित्र
अन्तर्मनका चित्र, अन्तस्करण भित्र, बाह्य रूपको के अर्थ, जब कुरुप छ चरित्र !!!
Bibek Paudel
October 12, 2026
1 min read
