(मलाई)
थाहा छैन पाइला, सर छन् गतिमा ।
वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।।
नेत्र त मेरा, खण्डित छन् सखी ।
बिक्दछन लौन, रूपको साकीमा ( रक्सी खाने गिलास) ।।
परेली मेरा, रुपै पो फेर्छन्।
एकोरी चिन्तन, उनैलाई देख्छन्।।
सोचेर मात्रै, के गर्नु सखी ।
बोलुम पो वचन, मेखाना हुन्छन् ।। ( रक्सी खाने वा नशा लगाउने ठाउँ)
सम्झी अदा(सौन्दर्य दर्शाउने ढङ्ग) त्यो, दिन मेरो खुल्छ।
मननको वनमा, बगैँचा फुल्छ।।
(उनलाई)
फूल पो टिपी , दिउँ कि म सखी।
फूल छोडी भमरा, अन्तै पो डुल्छन्।।
हार खाने मान्छे, प्रेममा रुन्छ ।
तड्पेर यादमा, नर्कनी छुन्छ।।
छाड्दिन म त , प्रेम गर्न सखी ।
अदा(सौन्दर्य दर्शाउने ढङ्ग) को प्रेमी, कहाँ छिटै रुन्छन् ?
सयौँ ती वर्ष, पर्खिनु मन छ।
नकारमा घोटटी, तड्पिन मन छ।।
(तिमी)
गर्दिनौ प्रेम, त्यो अक्ष (आँखा) भन्छ।
होला नि प्रेम, कहिले त भन्छ ।
मलाई थाहा छ
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
