Skip to content
Poetry

हाम्रो भेट फेरी हुन्छ कि हुँदैन होला है, यदि भेट भएर तिम्रो नजर जुध्यो भने, म चाहन्न तिमी रोकियौ। म तिमीलाई भुलेको अभिनय गर्छु, तिमी पनि नचिने जस्तो गरिदेउ है। किनकी कतिपय कुराहरु, भनेर होइन, सहेरै सकिन्छ, र कतिपय मान्छेहरु, सम्झेर होइन, बिर्सेरै बाँचिन्छ।