एउटा कन्सर्ट
केही बेरमा,
र यी औँलाहरूले—
जसले कहिल्यै बन्दुकको घोडा दबाएका छैनन्—
म एउटा धुन बजाउनेछु।
सूर्यमुखीमाथि,
सम्भव भए तिम्रो कमिजका बटनहरूमाथि पनि—
एउटा धुन।
राइन नदीभन्दा लामो,
आफ्नो कूटनीतिक पासपोर्ट बोकेर
हावासँगै यात्रा गर्ने सुस्केराभन्दा शक्तिशाली
एउटा धुन।
गडगडाउँदै गुड्ने ट्याङ्कहरूको आवाजसँगै
म त्यो विद्रोही धुन बजाउनेछु।
त्यो दर्शकका लागि,
जसले यो प्रस्तुतिलाई गम्भीरतापूर्वक लिँदैन।
त्यो सूर्यका लागि,
जसले नयाँ पैगम्बरहरूको पहिचान खोजिरहेछ।
ती कुकुरहरूका लागि,
जो प्रेम र वासनाका बारेमा सोचिरहेछन्।
त्यो अजेय शक्तिका लागि—
म एउटा धुन बजाउनेछु।
यी बाङ्गाटिङ्गा औँलाहरू होऊन्
वा नहोऊन्,
म बजाउनेछु त्यो धुन—
दियासलाईनका बाकसहरूमाथि,
पर्खालहरूमाथि,
जहाँ लेखिएको छ—
“जनता जे चाहन्छन्, त्यही।”
आवश्यकताभन्दा पनि धारिलो
काँडेतारमाथि,
खराब दिनहरूमा पनि
म्याराथन दौडिरहने जुत्ताहरूमाथि—
म बजाउनेछु त्यो धुन,
जो अहिले
यी औँलाहरू हुँदै फैलिँदैछ,
त्यस्तो डुङ्गाझैँ
जसले अन्ततः
डुबिरहने आफ्नो मोहलाई
परास्त गरिसकेको छ।
एउटा कन्सर्ट
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
भ्रम
शून्यताको ग्रासमा छु जो म अहिले, सक्दिनँ पार्न, उस्तै थिएँ जो पहिले। तेही आफ्नै द्वन्द्वचक्रबाट निस्की, गर्नुछ चिन्तन,…
P. Niraula
November 14, 2026
1 min read
आमाको दशैँ
दशैँ फेरि आउँदैछ, जमरा फेरि उम्रिँदैछन्— र मलाई थाहा छैन यसपालि मेरो घरमा दशैँ आउँछ कि केवल सम्झनाहरू।…
प्रशंसा पाण्डे
October 12, 2026
2 min read
समाज कतिन्जेल? कतिन्जेल हो यस्तो ?
सभ्य भनिने, हे अन्धो समाज! ताराहरू खस्दा,कतिन्जेल हेर्छौ। अन्यायको यो भयावह आगोमा, कतिन्जेल चेली होम्छै ? बुद्धको देश…
Anjal Timsina
October 12, 2026
1 min read
