हस्तरेखा सिक्नुको कारण भाग्य पढ्नु थिएन
तिम्रो हात समाएर समय रोक्नु थियो
रेखाहरूमा भविष्य खोज्ने बहाना मात्रै थियो
साँचो चाहना त तिम्रो स्पर्शमा हराउनु थियो
हथेलीका मोडहरूमा कथा धेरै लेखिएका रहेछन्
मेरो कथा भने तिम्रो औँलामै अडिनु थियो
भाग्यको अर्थ के हो भनेर सबैले सोधिरहे
मेरो उत्तर त तिम्रो हात अलि बढी समाउनु थियो
रेखामा के लेखेको छ त? त्यो कहिल्यै महत्त्वपूर्ण भएन
तिम्रो स्पर्शमै सम्पूर्ण जीवन भेटिनु थियो
हस्तरेखा त प्रेमले बुनेको एउटा निर्दोष बहाना थियो
सत्य त तिम्रो हातमा आफ्नो धड्कन राख्नु थियो
अनि आफ्नो हात किन बाँधिएको सोध्दा के भन्थेँ र म
हिजो आफ्नै हथेली पढ्दा तिम्रो नाम नभेटिएको थियो
छेउमै सिसा फुटेको रहेछ आफ्नै बिस्तराको सिरान मुनि
अब भन, हामीलाई कसले छुटाउन सक्ला र
तिम्रो हात आफ्नो हातमा राख्दा थाहा पाएँ
आँखाभित्र समुद्रभन्दा गहिरो डुबाइ हुने रहेछ
अरुले मलाई प्रार्थनामा व्यस्त ठाने होलान्
मेरो तन त तिम्रो धड्कनको धुनमा मग्न रहेछ
भन्छन् प्रेमले नै भाग्यरेखा कोर्दो रहेछ
जसको हातमा नाम नहोस् उसको त कुरा प्रेमले आफैँ सुन्दो रहेछ
त्यही मधुर धुनले मौनमै उत्तर दिन्थ्यो
शून्यताभित्र पनि आनन्दको उज्यालो बलेको हुन्थ्यो
तिमी अघि हुँदा मन किन यति शब्दविहीन हुन्थ्यो
सायद प्रेमको मौनता नै शब्दभन्दा गहिरो हुन्थ्यो
त्यसैले त हस्तरेखा सिक्नुको रहस्य यही थियो
तिम्रो हात केही क्षण अझै समाइरहनु थियो
सायद
तिमीले त्यो सानो कम्पन बुझ्यौ होला
जसले तिम्रो धड्कन बढेको खबर मलाई दिइरहेको थियो
तिमीले हस्तरेखा पढेको ठान्दै थियौ होला
तर तिम्रो त्यो नशाको कम्पनले हृदयको धड्कन दिइरहेको थियो
भाग्य पढ्ने बहानामा हात समात्ने त्यो क्षण
मेरो जीवनकै सबैभन्दा साँचो भविष्यवाणी थियो
हस्तरेखामा समय रोकौँ?
· · 2 min read
सम्बन्धित साहित्यRelated Literature
आमा
तिम्रो नाम सुन्नासाथै सबै गुणले भरिएको एउटा सुरक्षित आकाश सम्झिन्छु म। तिमी हुँदा यो रुखो हुँदै गएको हृदयमाथि…
Nawnit Paudel
July 14, 2026
2 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
