गोपाल बा,क्षेत्रप्रताप बा
देशमा केही हराएझै लाग्छ।
कलम लिएर आवाज
उठाउनेलाई गोली हान्ने सरकार
कलिला नानीहरूको बलात्कारीलाई
फाँसी दिन डराएझैँ लाग्छ।
बा, देशमा केही हराएझैँ लाग्छ।
बा देशको लागि एक ढिक्को
भई लड्नेहरू हिजो जुटे जस्तो लाग्छ
त्यही नेपालीको जुट्ने सन्तान
आज पार्टी पार्टी भन्दै फुटे जस्तो लाग्छ।
बा, देशमा केही हराए झैँ लाग्छ।
पञ्चायत आयो, प्रजातन्त्र आयो,
गणतन्त्रसँगै लोकतन्त्र पनि आए जस्तै लाग्छ
बीपी वा कारागार र मदन बा को हत्यासँगै
जनताको निम्ति मात्र नीतिनियम बनेजस्तो लाग्छ।
बा, देशमा केही हराए जे लाग्छ।
बा हिजो फिरङ्गीहरूलाई नेपाली
वीर गोर्खाली स्वाभिमानको शब्द उपहार पठाएझै लाग्छ।
आज भ्रष्टाचारी र गुलामीहरूको
देश भने हाम्रो प्रिय देशलाई थुके जस्तो लाग्छ।
बा, देशमा केही हराए झैँ लाग्छ।
बा परिवर्तनहरू धेरै आए
परिवर्तकहरू धेरै फेरिए जस्तो लाग्छ
बदलिने त सरकार र शासक रहेछ बा
तिम्रो हाम्रो सपना सबै तुहिए जस्तो लाग्छ।
बा, देशमा केही हराए झैँ लाग्छ।।
देशमा केही हराएझै लाग्छ
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
