जूनको त्यो उज्यालोमा,
रातको त्यो चिसोमा,
मौनताको गहिराइमा,
हृदयको हरेक धड्कनमा।
बादलको त्यो छायामा,
नदीको त्यो बहावमा,
कहिले आफैँभित्र उठ्ने प्रश्नमा,
कहिले जीवनका मोडहरूमा।
रूप–रङभन्दा परको,
शब्दकोशमा पनि नअट्ने,
मभित्रै लुकेको तिमी,
आखिर को हौ तिमी?
बिहानीको चिसो शीतमा,
साँझको त्यो शान्त ओठमा,
हरेक नबोलिएका शब्दहरूमा,
र आत्माको मधुरो सोचमा।
सुस्केरा बनी निस्कने सास हौ कि?
किन भेट्न नसकेको एउटा आश हौ कि?
मभित्र भएर पनि नदेखिने,
तिमी कुनै दिव्य आभास हौ कि?
सोध्छु आफैँलाई म बारम्बार,
खोजिरहेकी छु जसलाई यो सारा संसारमा।
मेरो अस्तित्वको एउटा अंश बनी बसेको,
आखिर को हौ तिमी?
को हौ तिमी?
को हौ तिमी?
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
आमाको दशैँ
दशैँ फेरि आउँदैछ, जमरा फेरि उम्रिँदैछन्— र मलाई थाहा छैन यसपालि मेरो घरमा दशैँ आउँछ कि केवल सम्झनाहरू।…
प्रशंसा पाण्डे
October 12, 2026
2 min read
एउटा कन्सर्ट
एउटा कन्सर्ट केही बेरमा, र यी औँलाहरूले— जसले कहिल्यै बन्दुकको घोडा दबाएका छैनन्— म एउटा धुन बजाउनेछु। सूर्यमुखीमाथि,…
Abdulkarim Al-Ahmad
November 19, 2026
1 min read
भ्रम
शून्यताको ग्रासमा छु जो म अहिले, सक्दिनँ पार्न, उस्तै थिएँ जो पहिले। तेही आफ्नै द्वन्द्वचक्रबाट निस्की, गर्नुछ चिन्तन,…
P. Niraula
November 14, 2026
1 min read
