नभन्नु बैगुनी उसलाई मलाई त्यै बैगुनी मन पर्छ
यस्ती उस्ती जस्ती होस मलाई मेरै उनी मन पर्छ
कसरी सक्छु उनलाई छोडी अर्को अङ्गाल्न मैले
जिद् हो यो मनको, मलाई त्यै नहुनी मन पर्छ ।
जतिपटक हेरुँ उस्लाई थाक्दैनन् यी आखाँहरु
आजलाई मात्र हैन, मलाई उ जुनी-जुनी मन पर्छ
समय जाओस् घट्दै, जालान् वैंशले साथ छोड्दै
तर मेरै लागि बनेकी सदा, त्यो तरुनी मन पर्छ ।
गजल- मेरि उनी
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर…
भरत शाहि
August 16, 2026
1 min read
गजल ” रहर छोडेर “
किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर म उ सङ्गै हुदा…
भरत शाहि
July 24, 2026
1 min read
गजल- घटना आउछन्
जिन्दगीको यात्रामा यस्ता अचम्मका घटना आउछन् पराईले सकेनन् भनेर यहाँ चोट दिन आफ्ना आउछन् । यो कलियुगमा साचो…
भरत शाहि
July 18, 2026
1 min read

