Skip to content
Poetry

केही अधुरो आशा

केही अधुरो आशा केही अधुरो इच्छाले भत्काउँदै छ मेरो मनका ठुला पर्खालहरु सुस्तरी घडीका काटीसँग घुम्दैछ केही त सायद.. ति केहि शब्द हुन् ति शब्द, जुन मैले बहिष्कार गरेको थिएँ प्रिय पाठक ! बिन्ती छ मलाई लाजको अर्थ नसोध जब आफ्नो अस्तित्व ठानेको व्यक्तिले घृणा गर्छ मेरो अस्तित्वलाई प्रेमको अर्थ नसोध जब मात्र, कसैको नयनको झलकले मेटिने गर्छ मेरो प्यास तर कुन्नी किन? यो संसार मेरो निम्ति होइन रहेछ म ठान्थे त्यो जुन मेरो लागी चम्किरहेछ त्यो तारा मेरो स्वागतमा झरि रहेछ तर म गलत थिए सबैले कहा जित्छन् र संसार? त्यसैकारण बिन्ती छ इश्वर मलाई फेरि म नबनाऊ