Skip to content
Poetry

मलाई थाहा छ

(मलाई) ‎थाहा छैन पाइला, सर छन् गतिमा । ‎वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। ‎नेत्र त मेरा, खण्डित छन् सखी । ‎बिक्दछन लौन, रूपको साकीमा ( रक्सी खाने गिलास) ।। ‎ ‎परेली मेरा, रुपै पो फेर्छन्। ‎एकोरी चिन्तन, उनैलाई देख्छन्।। ‎सोचेर मात्रै, के गर्नु सखी । ‎बोलुम पो वचन, मेखाना हुन्छन् ।। ( रक्सी खाने वा नशा लगाउने ठाउँ) ‎ ‎सम्झी अदा(सौन्दर्य दर्शाउने ढङ्ग) त्यो, दिन मेरो खुल्छ। ‎मननको वनमा, बगैँचा फुल्छ।। ‎(उनलाई) ‎फूल पो टिपी , दिउँ कि म सखी। ‎फूल छोडी भमरा, अन्तै पो डुल्छन्।। ‎ ‎हार खाने मान्छे, प्रेममा रुन्छ । ‎तड्पेर यादमा, नर्कनी छुन्छ।। ‎ छाड्दिन म त , प्रेम गर्न सखी । ‎अदा(सौन्दर्य दर्शाउने ढङ्ग) को प्रेमी, कहाँ छिटै रुन्छन् ? ‎ ‎ सयौँ ती वर्ष, पर्खिनु मन छ। ‎ नकारमा घोटटी, तड्पिन मन छ।। ‎ (तिमी) ‎गर्दिनौ प्रेम, त्यो अक्ष (आँखा) भन्छ। ‎ होला नि प्रेम, कहिले त भन्छ ।