Skip to content
Poetry

गजल

अघि आई हात मिलाएर, काँतरले, अनि गर्यो प्रहार पछाडिबाट, खन्जरले एकपछी अर्को गर्दै, गुम्दैछन् खुसीहरु किन छोड्दैन जीन्दगी यो, ठक्करले । यसै पनि यो दिल मेरो, दुखेको छ त्यसैमाथी तिमी प्रहार नगर, पत्थरले भोक मेट्ने दवाई, लेखिदेलान् भनेको, खानापछी लिनु पो भन्छ, डाक्टरले । फरक होला, परदेशिनुको कथा सबैका, कोहि होलान् बाध्यताले त कोहि, रहरले