Skip to content
Poetry

कसो, हुनेथ्यो प्रिये ? यदी समय मेरो पक्षमा भए तिम्रो ती नशालु आँखाका बिचमा अझ केही क्षण डुब्न पाए छरीएका ति केश आफ्नै हातले समेत्न पाए ओहो ! कसो हुनेथ्यो प्रिये ? सायद, फेरिने थिए तिनै हातका रेखा जुन हातले स्पर्स गर्ने थिए ति गुलाब सरी गालालाइ रसाउने थिएनन् मेरा आँखा केवल तिम्रो मुखाकृति भाव देख्नलाई हुनुपर्ने थिएन एक बटुवाको प्यास मात्र तिम्रो छायाले मेटिने तिम्रो रूपको एक झलकमा आफनै आत्मा भेटिने तर, भाग्य मेरो संयम भन्द पर रहेछ कठै भावी प्रेमको अर्थ नबुझ्दो रहेछ त्यसैले मेरा आन्तिम सास सम्म एउटा आश छ रहने केवल तिमीलाइ सबै जुनी आफनो भन्न पाउने