मौनताभित्रको वेदना
गहिरा भावनाहरू मसँगै लड्दै हिँडिरहेका छन्,
अनगिन्ती सपनाहरू मभित्रै डुब्दै गइरहेका छन्।
भन्नु त धेरै थियो कसैलाई,तर दुःख सहन सिकेको छु ।
दुःखले दिएको ती घाउ
हरूमनको कुनाकाप्चामा सँगालेर राखेको छु।
पीरैमाथि पीरको वेदनालाई
मुटुभित्र सजाएर राखेको छु।आँखामा आँसु आए पनि मुस्कान ओढ्छु,
भित्रभित्रै टुटेर पनि सबैको अगाडि बलियो देखिन्छु।
सारा भावनाहरू मनमै दफन गरेको छु,
आफ्नै मनमा आफ्नै व्यथा चुपचाप लुकाएर बसेको छु।
सायद कुनै दिन यी मौनताहरू बोल्नेछन्,
यी दबिएका पीडाहरू पनि खोलिनेछन्।
त्यतिन्जेलसम्म,
आफ्नो पीडालाई आफ्नै साथी बनाएर
जीवनको यात्रामा एक्लै हिँडिरहनेछु।
/

