घाँटीको किलकिलेसम्म आइपुगेका,
फेरि मौनताको गहिराइमा डुबेका ती हजारौँ शब्द,
जुन कहिल्यै मेरो ध्वनिको रूपमा बाहिर निस्केनन्,
तर भावनाले पनि तिनलाई बाँध्न सकेन।
कहिलेकाहीँ मनभित्र एउटा बतास चल्छ,
जहाँ शब्दका पातहरू हावामा झुलिरहन्छन्।
म भन्न खोज्छु,
“अब भयो, मलाई तिम्रो साथ चाहिएको छ,”
तर ओठसम्म आइपुगेका ती शब्दहरू
एउटा मिठो मुस्कानले फेरि लुकाइदिन्छु।
ती शब्दहरूको बोझ कति भारी छ,
जुन व्यक्त हुन नसकी
मनमै गुसुमुसिएर बसेका छन्।
भन्नुपर्ने धेरै थियो,
सायद माफी पनि माग्नै थियो,
तर समयको घडी यसरी फेरियो
कि ती सम्पूर्ण शब्दहरू
त्यसैभित्र कैद भए।
कसैले सोध्छ, “सन्चै छौ?”
म भन्छु, “ठिकै छु।”
तर भित्र लुकेका बेठिकका कथाहरू
कसले पढ्ने?
सायद कुनै दिन कोही आउनेछन्,
जसले यी मौन शब्दहरू बुझ्नेछन्,
र त्यस दिन
हरेक शब्दले आफ्नै एउटा अर्थ पाउनेछ।
त्यतिन्जेल,
“भन्न नसकिएका कुरा”
नभनेकै बेस।
भन्न नसकिएका कुरा
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
