Skip to content
Poetry

कविता मनको परिधि

परिधिको सीमाभित्र बसेर हेर्दा, कहिलेकाहीँ आफैलाई अत्यास लाग्दो रै'छ । खुल्ला भएर उड्न मन लाग्दो रै'छ । बादलभन्दा माथिका गगन अनि धेरै टाढासम्मै फैलिएको सगर भेट्न मन लाग्दो रै'छ । मन न हो कहाँ हामीले तोकेको सीमाभित्र कैद भएर बस्छ र? कहिले हावाको वेगभन्दा छिटो बहेर, प्रियसीलाई अङ्गाल्न भ्याउँछ । त कहिले अतितमा पुगेर आफैलाई दोस्याउन भ्याउछ कहिले वर्तमानकै भुमरीका वरिपरि घुम्छ भने कहिले भबिश्यको कल्पनामा घोरिन थाल्छ । चार भित्ताबिचको परिधी, समाजको बनाएको पर्खालको परिधी, देशले लगाएको सिमानाको परिधी मिचेर, विश्व ब्रह्माण्डको चक्कर काट्न भ्याउँछ । कहाँसम्म पुग्न भ्याउँछ भनेर कसैले यसको सिमाना भन्न सकेनन् । न कुनै कविले लेख्न सके, न कुनै शब्दले बयान गर्न सके, न कुनै भावनाले यसलाइ बाध्न सके यो खुल्ला छ, स्वतन्त्र छ, आफ्नै मन मर्जीको मालिक छ अनि अनि छ यो सिमाभन्दा माथिको ।