जन्म दिने बाबा आमा ,कर्म दिने गुरु
गुरुबाटै भयो मेरो वास्तविक जिवन सुरु,
मनमा माया राखी आँखाभरी डर देखाएर
ठुलो स्वरमा भन्नुहुन्थ्यो "पढ खुरु खुरु"
पहिलो भगवान बा आमा भए जस्तै
पहिलो मन्दिर जन्म थलो वा घर भए जस्तै
दोश्रो भगवान साक्षात गुरु नै त हो
अन्त्य हुने जिन्दगीको हरेक सिकाई सुरु नै त हो
फोक्सो बिना सास, धुरी विना वास,
अनि उब्जनी बिना गाँस
कल्पना गर्न नसकिए जस्तै
गुरु विना भविष्य अकाल्पनीय हुन्छ
उहाँहरुले दिएको सानो सानो ज्ञानले अन्तर मनमा छुन्छ
शब्द शब्द पनि मेरो मनस्पटलभरी हुन्छ
हरेक कुरा मुख्य छन् मेरा लागी
विशेषत यति सिकेकी छु : अडिग रहनुपर्छ,
धैर्य धारण अनि बस्ने सकारात्मक आसन हुनुपर्छ
सफल हुनु छ यदि भने पहिले त अनुशासन हुनुपर्छ।।
रिसै बाट पनि कत्ति कुरा सिक्ने भाकी छु
आफ्नो हैसियत सुधार गरी अलिअलि बिक्ने भाकी छु
बुझ्ने हुदै गए कि के? त्यो त थाहा छैन तर
प्रश्न उब्जियो मनमा मेरो
यस्तै प्रिय गुरुरहरु सँग होस्,
यदि अर्को जुनि हुन्छ भने भेट
आफ्नै पर्वाह नगरी योगदान दिने गुरुका लागि
आखिर के त?
गुरु पुर्णिमा
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
तिम्रो लागि
पन्छिनलाई झुटो वाचा गर्नुपर्छ भने पनि तिम्रो लागि म आफु नै मर्नु पर्छ भने पनि आत्मसम्मान भन्ने पनि…
सुष्मा लामिछाने
July 21, 2026
1 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
