जूनको त्यो उज्यालोमा,
रातको त्यो चिसोमा,
मौनताको गहिराइमा,
हृदयको हरेक धड्कनमा।
बादलको त्यो छायामा,
नदीको त्यो बहावमा,
कहिले आफैँभित्र उठ्ने प्रश्नमा,
कहिले जीवनका मोडहरूमा।
रूप–रङभन्दा परको,
शब्दकोशमा पनि नअट्ने,
मभित्रै लुकेको तिमी,
आखिर को हौ तिमी?
बिहानीको चिसो शीतमा,
साँझको त्यो शान्त ओठमा,
हरेक नबोलिएका शब्दहरूमा,
र आत्माको मधुरो सोचमा।
सुस्केरा बनी निस्कने सास हौ कि?
किन भेट्न नसकेको एउटा आश हौ कि?
मभित्र भएर पनि नदेखिने,
तिमी कुनै दिव्य आभास हौ कि?
सोध्छु आफैँलाई म बारम्बार,
खोजिरहेकी छु जसलाई यो सारा संसारमा।
मेरो अस्तित्वको एउटा अंश बनी बसेको,
आखिर को हौ तिमी?
को हौ तिमी?
को हौ तिमी?
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
