किन आउँछ जवानी बाल्यकाल को रहर छोडेर
खाने खेल्ने हास्ने रमाउने अमुल्य प्रहर छोडेर
म उ सङ्गै हुदा पनि उस्को हुन सकिन ए नदि
त किन बगिरहन्छस भन सङ्गै को बगर छोडेर
मलाई पर्दा तिमीलाइ पनि पर्छ थाहा पाएनौ
तिमि पनि त एक्लै भएउ सङगैको सफर छोडेर
चाहाना स्वर्ग जानेनै थियो होला अब के गर्नु
अमुल्य भनेर अमृत रोजेछ कसैले जहर छोडेर
छोड्नेले यसरी छोड्यो कि फर्किने बाटो राखेन
हिजो गाउँ छोड्यो अब कहा जान्छ सहर छोडेर
केही पाउन केही गुमाउनु पर्ने रहेछ थाहा पाए
बा सधै पर्देशी बनीरहे घर बनाउन घर छोडेर
गजल ” रहर छोडेर “
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
गजल- छोडेर
खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर…
भरत शाहि
August 16, 2026
1 min read
गजल- घटना आउछन्
जिन्दगीको यात्रामा यस्ता अचम्मका घटना आउछन् पराईले सकेनन् भनेर यहाँ चोट दिन आफ्ना आउछन् । यो कलियुगमा साचो…
भरत शाहि
July 18, 2026
1 min read
मुस्कान
तिमी पनि आयौ अब मलाई, थकान दिन, कस्तो प्रश्न सोध्न छ भन, परेशान दिन । म खोजीमा थिएँ…
भरत शाहि
July 11, 2026
1 min read

