ए प्रियसी
कति भाग्यमानी होला हँ?
जो तिमीलाई हँसाउँला
जसको मुस्कानले
हाँस्ने गर्छन् रातका जुन र ताराहरू
हिमाल, पहाड, तराई अनि
स्वर्गका ती फाँटहरू
सगरमा फैलिएका
सप्तरङ्गी फूलहरु ,
किनारामा रमाउने दरियाका छालहरू।
पटक पटक सोच्छु प्रिये
कति धन्य होलान् त्यो माटो?
जसमा तिमीले चरण राखौली ।
धन्य होलान् त्यो मन कति
जहाँ आफ्ना रहर साँचौली
कति पुण्य गरे ती ईश्वरले
तब तिम्रो मुहार कोर्ये
मिसाएर सयौँ जुन र नक्षत्रको रङ्ग भरे
प्रिये
कति भाग्यमानी होला त्यो छायाँ
जो सधै तिम्रो साथ हुन्छ
सुन्यता र प्रकृतिको तिमीसङ्गै बास हुन्छ
ए हावाका बेगहरू !
उनको कानमा गई भन "प्रिये!
तिमी कति भाग्यमानी हँ ?"
ए प्रियसी
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
