Skip to content
Poetry

ए प्रियसी

ए प्रियसी कति भाग्यमानी होला हँ? जो तिमीलाई हँसाउँला जसको मुस्कानले हाँस्ने गर्छन् रातका जुन र ताराहरू हिमाल, पहाड, तराई अनि स्वर्गका ती फाँटहरू सगरमा फैलिएका सप्तरङ्गी फूलहरु , किनारामा रमाउने दरियाका छालहरू। पटक पटक सोच्छु प्रिये कति धन्य होलान् त्यो माटो? जसमा तिमीले चरण राखौली । धन्य होलान् त्यो मन कति जहाँ आफ्ना रहर साँचौली कति पुण्य गरे ती ईश्वरले तब तिम्रो मुहार कोर्ये मिसाएर सयौँ जुन र नक्षत्रको रङ्ग भरे प्रिये कति भाग्यमानी होला त्यो छायाँ जो सधै तिम्रो साथ हुन्छ सुन्यता र प्रकृतिको तिमीसङ्गै बास हुन्छ ए हावाका बेगहरू ! उनको कानमा गई भन "प्रिये! तिमी कति भाग्यमानी हँ ?"