Skip to content
Poetry

काहा छन्?

पौरख रोज्ने यी हत्केलाहरु साहस झुलेका मनका फाँटहरू। मौका नपाए अवसर नदिए काहा छन् अवसर दिनेहरू।। नसा नलीमा बग्ने थोपाहरू शरीरबाट निस्किने पसिनाहरु। यसै व्यर्थ भई गए काहा छन् संकलन गर्नेहरू।। मुटु हातमा राखी बाँच्नेहरु छोडी घर बनाउन हिडेकाहरु। हिड्दा हिँड्दै काँडा बिझे काहा छन् काँडा झिक्नेहरु।। अरूको भार काँधमा भिर्नेहरु भार बोकी पार लाउनेहरु। लामो यात्रामा घाम डुबे काहा छन् बास बस्न दिनेहरू।। कुर्सी माथि ताज पहिरेकाहरु सजिएका ताजका अनेकौँ पीडाहरू टाउकामा ताजले टाउको दुखे काहा छन् जिम्मा लिनेहरू।।