यताउता गल्लिमा भैतारिरहेको देख्छु,
बाटै छेकेर मान्छेहरुसंग ठट्टा गर्छ,
डस्टबिनबाहिर फ्याकेंको फोहोर टिपी,
डस्टबिनमै हालिदिन्छ ।
झुत्रो र मैलो लुगा लगाउँछ,
उसका कमिज ठाउँ-ठाउँमा फाटेका छन्,
पाईन्ट धागोँ लगाई अड्काएको छ,
झट्ट हेर्दा घीनलाग्दो झुस्स दारी छ गालामा,
कपाल नकाटेको बर्षौ जस्तो देखिन्छ- मैलो देखिन्छ,
फित्ता छिनिएका चप्पल डोरीको भरमा लगाउँछ,
कसैलाई हानी गर्दैन तर पनि मानिसहरु उसंग घिनाउँछन्,
कहिले पाटीमा भेटिन्छ,
कहिले गल्लिमा,
कहिले सडकमै सुतिरहेको देख्छु ।
दयामायाले कसैले केही दिए खान्छ तर कसैलाई हानी गर्दैन,
कसैसंगको खोसेर, मागेर खादैँन ।
घामपानी, चिसोतातो जुनसुकै मौसम सहने शक्ति छ उसमा ।
कहिलेकाहीं यै टोलका मान्छेहरुले लखेट्छन उसलाई,
भोजभतेर, र मन्दिरमा प्रवेश निषेध छ उसलाई,
सोध्छु किन मान्छेमा यस्तो भिन्नता?
अनि मानिसहरु भन्छन् _ बौलाहा हो ऊ ।
बौलाहा
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
