विस्तरामा बिस्तारै निन्द्रा खुल्दा
झिसमिसे बिहानी झ्यालका पर्दा।
बन्द कोठाभित्र किरण नछिर्दै
ढोका खोली बाहिर निस्किँदा।।
लाग्छ घरहरू सुनसान छन्
प्रायः सबै सपनीमा रमाउँछन्।
सडकको पेटीमा सुत्नेहरु देख्दा
देख्दैनन् की तिनीहरूले के देख्छन्।।
भाले बासे सँगै बन्धनमा बाधिदा
कमाउने एक्लो हुँदै गर्दा।
एक छाक खान लाउन
बाहिर काम गर्न जाँदा।।
बिरामी आफूलाई कसरी भनूँ
कसरी पलेटी कसी बसू।
हात गोडा सध्य भइन्जेल
बहानामा कुरा कसरी बनाऊ।।
दुई चार पैसाले गोजी भरे
टाढाका नजिक आउने गरे।
आफ्नो आफन्त आफ्ना यहाँ
नजिकका झनै नजिक आए।।
साच्चै यदि सक्दै नसके
आए आर्जनका स्रोत सकिए।
झस्किने गर्छु बेला बेलामा
कल्पनामा सडकको पेटी पाए।।
घर भित्र बस्न दिए भनी
परिवारकै सदस्य माने पनि।
कतिन्जेल सम्म धान्न सक्लान्
निकै भारी बोझ मानी।।
यस्तो भए
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
