पौरख रोज्ने यी हत्केलाहरु
साहस झुलेका मनका फाँटहरू।
मौका नपाए अवसर नदिए
काहा छन् अवसर दिनेहरू।।
नसा नलीमा बग्ने थोपाहरू
शरीरबाट निस्किने पसिनाहरु।
यसै व्यर्थ भई गए
काहा छन् संकलन गर्नेहरू।।
मुटु हातमा राखी बाँच्नेहरु
छोडी घर बनाउन हिडेकाहरु।
हिड्दा हिँड्दै काँडा बिझे
काहा छन् काँडा झिक्नेहरु।।
अरूको भार काँधमा भिर्नेहरु
भार बोकी पार लाउनेहरु।
लामो यात्रामा घाम डुबे
काहा छन् बास बस्न दिनेहरू।।
कुर्सी माथि ताज पहिरेकाहरु
सजिएका ताजका अनेकौँ पीडाहरू
टाउकामा ताजले टाउको दुखे
काहा छन् जिम्मा लिनेहरू।।
काहा छन्?
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
यस्तो भए
विस्तरामा बिस्तारै निन्द्रा खुल्दा झिसमिसे बिहानी झ्यालका पर्दा। बन्द कोठाभित्र किरण नछिर्दै ढोका खोली बाहिर निस्किँदा।। लाग्छ घरहरू…
Suyog kharel
July 14, 2026
1 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
