मन परेन मलाई यो जवानी,
जब आफ्नै परिवार भेट्न
मिति तोक्नुपर्छ भने
म त्यही यादहरूको आँगनमा रमाउन चाहन्छु।
बाबाको हात समाई,
आमाका मायालु शब्द सुन्दै,
न चिन्ता थियो, न जिम्मेवारी,
घर नै मेरो सिंगो संसार थियो।
आज समय छ, तर फुर्सद छैन,
मानिस छन्, तर भेटघाट छैन।
सपना पूरा गर्ने दौडमा,
कतै आफ्नै घर छुट्दै गएको छ।
यादहरूको आँगनमा
· · 1 min read
सम्बन्धित साहित्यRelated Literature
शब्द र स्वार्थ
प्रशंसाका ती मीठा शब्दहरू कानमा मधुरो संगीतझैँ बज्छन् तर आत्माको कुनामा कतै चिसो सन्नाटा पनि जन्माइदिन्छन्। “तिमी निकै…
स्मृति राई
July 21, 2026
1 min read
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
