Skip to content
Poetry

गजल- छोडेर

खाने खेल्ने हास्ने रमाउने अनेकौं रहर छोडेर । किन आउँछ जवानी बाल्यकालको प्रहर छोडेर । म सङ्गै भएर पनि उस्को हुन सकिन ए नदि त कहाँ बगिरहन्छस सङ्गै को बगर छोडेर । मलाई पर्दा उस्लाई पनि पर्छ थाहा पाउनु पर्थ्यो उ पनि एक्लै भा छ अचेल सङगैको सफर छोडेर । अब कसरी स्वर्ग जाने होला सोचि रहेर अब अमुल्य भनेर अमृत रोजेछ कसैले जहर छोडेर । चिठीमा प्रश्न लेखेर बिदेश पठाउनु छ बा लाई कस्का लागि घर बनाउछ बा यो पर्देशी घर छोडेर