परिधिको सीमाभित्र बसेर हेर्दा,
कहिलेकाहीँ आफैलाई अत्यास लाग्दो रै'छ ।
खुल्ला भएर उड्न मन लाग्दो रै'छ ।
बादलभन्दा माथिका गगन अनि
धेरै टाढासम्मै फैलिएको सगर भेट्न मन लाग्दो रै'छ ।
मन न हो कहाँ हामीले तोकेको सीमाभित्र कैद भएर बस्छ र?
कहिले हावाको वेगभन्दा छिटो बहेर,
प्रियसीलाई अङ्गाल्न भ्याउँछ ।
त कहिले अतितमा पुगेर आफैलाई दोस्याउन भ्याउछ
कहिले वर्तमानकै भुमरीका वरिपरि घुम्छ
भने कहिले भबिश्यको कल्पनामा घोरिन थाल्छ ।
चार भित्ताबिचको परिधी,
समाजको बनाएको पर्खालको परिधी,
देशले लगाएको सिमानाको परिधी मिचेर,
विश्व ब्रह्माण्डको चक्कर काट्न भ्याउँछ ।
कहाँसम्म पुग्न भ्याउँछ भनेर कसैले यसको
सिमाना भन्न सकेनन् ।
न कुनै कविले लेख्न सके,
न कुनै शब्दले बयान गर्न सके,
न कुनै भावनाले यसलाइ बाध्न सके
यो खुल्ला छ,
स्वतन्त्र छ,
आफ्नै मन मर्जीको मालिक छ
अनि
अनि छ यो सिमाभन्दा माथिको ।
कविता मनको परिधि
· 1 min read
सम्बन्धित साहित्यRelated Literature
मानव सृष्टि !
मान्छे भएर जन्मिनु मात्रै, मानव हुनु होइन रहेछ, अरूको आँसु देखेर पनि आफ्नो बाटो लाग्नु होइन रहेछ। कसैको…
Bibisha Khadka
September 20, 2026
1 min read
देशमा केही हराएझै लाग्छ
गोपाल बा,क्षेत्रप्रताप बा देशमा केही हराएझै लाग्छ। कलम लिएर आवाज उठाउनेलाई गोली हान्ने सरकार कलिला नानीहरूको बलात्कारीलाई फाँसी…
Sujan Barakoti (Raawan)
September 20, 2026
1 min read
फलाम की कपास
कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी…
Milan Gautam
September 20, 2026
1 min read
मलाई थाहा छ
(मलाई) थाहा छैन पाइला, सर छन् गतिमा । वृक्ष को पात झैँ, झर्छन् ऋतुमा ।। नेत्र त मेरा,…
Anjal Timsina
September 20, 2026
1 min read
