Skip to content
Poetry

फलाम की कपास

कहिले काहीँ सोच्ने गर्छु, कुन चाहिँ भारी होला १ किलो फलाम की, १ किलो कपास की त भारी हुन्छ होला, कोमल त्यो मन जसमा अझै उस्को फर्किने, र बोल्ने रहन्छ आश। चाहिँदैन सुनौला ती, तारा अनि जुन तिमी भए चुमे जस्तो, लाग्छ मलाई आकाश त्यही पनि प्रतीक्षा मै, खोज्छु तिम्रो आभास अब भन मन भारी की, फलाम अनि कपास जान्छ समय बित्दै बित्दै,प्रतीक्षा रहन्छ उस्तै कहिले काहीँ त लाग्न थाल्छ, उसैले बोलाए जस्तै काँध फेर्छन् मलामीले त, भारी भयो भन्दै लास कति भार भाको होला, मनमा राख्न उसकै आश।। त्यसैले त शरीरले नी, फेर्न छोड्यो सास फेरि सोध्छु कुन चाहिँ भारी, फलाम की कपास म त भन्छु मनमा भाको, उसलाई पाउने आश।। यदि जिन्दगीको कुनै, किताब बन्यो भने खाली छोड्ने छु तिम्रो, नामको एक दुई पाना लेख्नु चाहे मनका कुरा, चाहे पोख्नु मनको भडास चाहे कोर्नु चित्र चाहे, खाली छोड्नु बिन्दास।।